नियम १३
इजाजतपत्रवालाको काम तथा कर्तव्य
(१) अन्तशुल्क लाग्ने वस्तु उत्पादन गर्ने इजाजतपत्रवालाको काम तथा कर्तव्य देहायबमोजिम हुनेछः–
(क) यस नियमबमोजिम पेश गर्नु पर्ने विवरण र फाँटवारी विभागले तोकेको ढाँचामा वस्तुको हकमा वस्तु निष्काशन भएपछि तथा सेवाको हकमा बिजक जारी भएपछिको महिनाको २५ गतेभित्र अन्तशुल्क अधिकृत समक्ष पेश गर्नु पर्ने ।
(ख) उत्पादन भएको बिक्री वितरण भएको वस्तुको विवरण दैनिक किताबमा जनाई राख्ने र निरीक्षणको क्रममा अन्तशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीलाई सो किताब देखाउने,
(ग) उत्पादन भएको वस्तुको नमूना अन्तशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट प्रमाणित गराइ कार्यालयमा पठाउने,
(घ) गोदाममा राखिएको वस्तुको विवरण अन्तशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट प्रमाणित गराइ सो को निस्सा
राख्ने ।
(२) अन्तशुल्क लाग्ने वस्तुको सेवा प्रदान गर्ने इजाजतपत्रवालाको काम तथा कर्तव्य देहायबमोजिम हुनेछः–
(क) प्रदान गरेको सेवाको बीजक र सोको हिसाब दैनिक रूपम राख्ने,
(ख) अन्तशुल्क लाग्ने सेवा प्रदान गर्ने काममा प्रयोग हुने अन्तशुल्क लाग्ने वस्तुको खरिद प्रमाण वा खरिद बीजक साथमा राख्ने,
(ग) अन्तशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले मागेका बखत खण्ड (क) बमोजिमको कागजात उपलब्ध गराउने ।
(३) अन्तशुल्क लाग्ने वस्तुको पैठारी गर्ने इजाजतपत्रवालाको काम तथा कर्तव्य देहायबमोजिम हुनेछः–
(क) अन्तशुल्क लाग्ने वस्तु पैठारी गरिएको अवस्थामा अन्तशुल्क अधिकृत वा निजले खटाएको कर्मचारी समक्ष बीजक पेश गर्नु पर्ने,
(ख) प्रतितपत्रको माध्यमबाट अन्तशुल्क लाग्ने वस्तु पैठारी गरिएको अवस्थामा वस्तुको किटानी विवरण, भन्सार प्रयोजनको लागि वस्तु वर्गीकरण शीर्षक, प्रत्येक वस्तुको प्रति इकाई मूल्य र परिमाण अन्तशुल्क अधिकृत समक्ष पेश गर्नु पर्ने ।
(४) इजाजतपत्रवालाले प्राप्त गरेको इजाजतपत्र आÇनो कारोबार स्थलमा सबैले देख्ने गरी राख्नु पर्नेछ ।
(५) ………………..